कांग्रेस देउवा पक्षको कैलाली–४ सभापतिमा वीरबहादुर चोखाल सर्वसम्मत चयन

Image
Nisarga Hospital

अत्तरिया: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा वीरबहादुर चोखाल सर्वसम्मत चयन भएका छन्।

CP Hospital Dhangadhi

बुधवार अत्तरियामा सम्पन्न क्षेत्रीय अधिवेशनबाट चोखाल सभापतिमा चयन भएका हुन्। उनी यसअघि नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिका सभापति थिए।

अधिवेशनबाट ३५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरिएको छ।

nawajiwan
pk & Lotus

यसअघि कैलाली क्षेत्र नम्बर ४ को प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा सगत राम चौधरी र ‘ख’ को सभापतिमा प्रेम कडायत चयन भइसकेका छन्।

यस्तै, असोज १५ गते सम्पन्न नेपाली कांग्रेसको गगन पक्षको अधिवेशनबाट कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा सुरत कार्की चयन भएका थिए।

Dhnagadhi & Krishanapur