सुदूरपश्चिम विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्त, पाँच सङ्कायले पाए डीन

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम विश्वविद्यालयले रिक्त रहेका विभिन्न सङ्कायका डीन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपलसहितका पदमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। विश्वविद्यालय कार्यकारी परिषद्ले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा खुला प्रतिस्पर्धा तथा छनोट प्रक्रियामार्फत नयाँ पदाधिकारी नियुक्त गरेको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नवीन बमका अनुसार पाँच सङ्कायका डीनसहित विभिन्न पदमा नियुक्ति गरिएको छ।
नियुक्तिअनुसार व्यवस्थापन सङ्कायको डीनमा प्रा.डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र सङ्कायको डीनमा प्रा.डा. नाथुराम चौधरी, विज्ञान तथा प्रविधि सङ्कायको डीनमा प्रा.डा. प्रेमसिंह साउद, स्वास्थ्य विज्ञान सङ्कायको डीनमा प्रा.डा. डबलबहादुर धामी र मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनमा प्रा.डा. राजेन्द्रप्रसाद भट्ट चयन भएका छन्।

त्यसैगरी, विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा प्रा.डा. महेन्द्रराज जोशी, भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्रा.डा. हरिशचन्द्र भट्ट तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन्।

nawajiwan
pk & Lotus

यसअघि विश्वविद्यालयले रिक्त पदमा पदाधिकारी नियुक्तिका लागि असोजको पहिलो साता आवेदन आह्वान गरेको थियो। पदाधिकारी सिफारिस समितिले नौ सङ्कायका डीन, केन्द्रीय क्याम्पसको प्रिन्सिपल तथा दुई केन्द्रका निर्देशक पदका लागि आवेदन खुला गरेको थियो। आवेदनपछि विभिन्न चरणको छनोट प्रक्रिया पूरा गरी नियुक्तिका लागि सिफारिस गरिएको विश्वविद्यालयले जनाएको छ।

Dhnagadhi & Krishanapur