यमनमा हुथी समूहको आक्रमण : पाँच जनाको मृत्यु, १६ घाइते

Image
Nisarga Hospital

यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। यमन सरकारले दिएको जानकारीअनुसार मृत्यु हुने र घाइते हुनेमा कार्यालय परिसरमा कार्यरत सुरक्षाकर्मी तथा सर्वसाधारण कर्मचारी रहेका छन्।\

CP Hospital Dhangadhi

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारको अस्थायी मुख्यालय रहेको अल–माशिक राष्ट्रपतिको कार्यालय परिसरलाई लक्षित गरी आक्रमण गरिएको हो। स्थानीय सुरक्षा अधिकारीका अनुसार बिहीबार उक्त परिसरमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएका थिए। एडेनको अल–बुराइका क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको मुख्यालयलाई समेत निशाना बनाइएको थियो।

आक्रमणका क्रममा एडेनमा ठूलो विस्फोटको आवाज सुनिएको थियो भने राष्ट्रपतिको कार्यालय आसपास धुवाँ उठेको समाचार संस्था सिन्ह्वाका संवाददाताले जनाएका छन्।

nawajiwan
pk & Lotus

स्थानीय स्रोतका अनुसार हुथी समूहविरुद्ध लड्न साउदी समर्थित सरकारी सेनालाई तयार पार्ने उद्देश्यले हालै उक्त परिसरमा उच्चस्तरीय बैठकहरू भएका थिए।

हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले एडेनस्थित ‘साउदी सैन्य कारबाही मुख्यालय’ लाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्। यद्यपि, उनले उक्त मुख्यालयको ठ्याक्कै स्थान खुलाएका छैनन्।

हुथी समूहद्वारा सञ्चालित अल–मसिरा टेलिभिजनले एक सैन्य नेताको भनाइ उद्धृत गर्दै आक्रमणमा साउदी सैन्य अधिकारीहरू मारिएको वा घाइते भएको दाबी गरेको छ। यस दाबीबारे साउदी अरब वा साउदी नेतृत्वको गठबन्धनले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

Dhnagadhi & Krishanapur