
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बझाङमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–४ रन्थोलीका २५ वर्षीय बरुण जोशी रहेका छन्।

प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जोशीविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।
घटनासम्बन्धी उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। बालिकामाथि भएको भनिएको घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


आरोप पुष्टि हुन बाँकी रहेकाले अनुसन्धान तथा कानुनी प्रक्रियाबाट घटनाको सत्यतथ्य खुल्ने प्रहरीले जनाएको छ।


































