पश्चिमी वायुको प्रभाव कायमै, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले आज शनिबार देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ। हाल देशका हिमाली भू–भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली भएको छ। अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। देशका पहाडी भू–भागमा पनि आंशिक बदली रहनेछ।

मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार देशका हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

Dhnagadhi & Krishanapur