नेपाली कांग्रेस कैलाली–४ को अधिवेशन विवादित होइन, सर्वसम्मत हो : सभापति चोखाल

Image
Nisarga Hospital

अत्तरियाः नेपाली कांग्रेस (१५ औं नियमित महाधिवेशन पक्षधर) कैलाली क्षेत्र नम्बर–४ का नवनिर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। प्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि एवम् गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले प्रमाणपत्र प्रदान गरेका हुन्।

CP Hospital Dhangadhi

१५ औं नियमित महाधिवेशनमार्फत असोज २८ गते वीर बहादुर चोखालको सभापतित्वमा क्षेत्रीय समिति चयन गरिएको थियो । प्रमाणपत्र वितरण कार्यक्रममार्फत नवनिर्वाचित प्रतिनिधिहरूलाई औपचारिक रूपमा सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ मा सम्पन्न क्षेत्रीय अधिवेशनलाई लिएर देखिएको विवादप्रति नवनिर्वाचित क्षेत्रीय सभापति वीरबहादुर चोखाल र नेपाली काग्रेस नेता, महाधिवेशन प्रतिनिधि एवम् गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले जवाफ दिएका छन्। उनीहरूले अधिवेशन विवादित नभई सर्वसम्मत रूपमा सम्पन्न भएको दाबी गर्दै असन्तुष्ट पक्षका आरोपको खण्डन गरेका हुन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

अधिवेशनबाट प्रतिनिधिका रूपमा मनोनित तथा निर्वाचित नेता–कार्यकर्तालाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै सभापति चोखालले क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन भएको बताए। उनले पार्टीमा योगदान नगरेका तथा अर्को पक्षमा अवसर नपाएर आएका केही व्यक्तिलाई महाधिवेशनमा समेट्न नसकिएको जिकिर गरे।

चोखालले पार्टीमा योगदानका आधारमा जिम्मेवारी र अवसर दिनुपर्ने उल्लेख गर्दै महाधिवेशनमा सहभागी गराउने विषयमा आफ्नो पक्षले स्पष्ट मापदण्ड अपनाएको बताए। उनले असन्तुष्ट पक्षले लगाएका आरोपप्रति असहमति जनाउँदै अधिवेशनबाट पार्टीलाई कमजोर बनाउने नभई संगठनलाई व्यवस्थित बनाउने प्रयास गरिएको धारणा राखे।


त्यस्तै, कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि एवम् गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले कैलाली क्षेत्र नम्बर ४ को अधिवेशनलाई विवादित भन्दै प्रचार गर्नु गलत भएको बताए। उनले अधिवेशन निर्विरोध रूपमा सम्पन्न भएको उल्लेख गर्दै नेपाली कांग्रेसलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए।
कांग्रेस नेता भट्ट भने, मानव बेचबिखनको आरोपमा पक्राउ परेका व्यक्तिहरूले समेत कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। उनले पार्टीमा योगदान दिएका नेता तथा कार्यकर्तालाई उचित स्थान दिनुपर्ने धारणा राख्दै अधिवेशनको प्रक्रियालाई लिएर अनावश्यक विवाद सिर्जना नगर्न आग्रह गरे।

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत देउवा पक्षले गरेको अधिवेशनपछि असन्तुष्ट पक्ष र आयोजक पक्षबीच आरोप–प्रत्यारोप देखिएको छ। प्रमाणपत्र वितरण कार्यक्रममार्फत आयोजक पक्षले अधिवेशन सर्वसम्मत भएको दाबी गर्दै आफ्नो निर्णयको बचाउ गरेको हो।

Dhnagadhi & Krishanapur