महाअष्टमीमा उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो, बलि दिएर पूजाआजा

Image
Nisarga Hospital

डडेल्धुराः महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा अवस्थित मन्दिरमा अष्टमी मेला भर्न तथा भगवतीको दर्शन र पूजाआजा गर्न विभिन्न जिल्लाबाट भक्तजन पुगेका छन्।

CP Hospital Dhangadhi

उग्रतारा भगवती मन्दिरमा प्रत्येक वर्ष दसैँको महाअष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ। यस अवसरमा भक्तजनले राँगा तथा बोकाको बलि दिएर परम्पराअनुसार पूजाआजा गर्ने चलन रहेको छ।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलामा सहभागी हुन सुदूरपश्चिमका नौवटै जिल्लासहित अन्य क्षेत्रबाट समेत श्रद्धालु आउने गरेका छन्। महाअष्टमीका दिन मन्दिरमा दर्शन गर्ने र मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको उनले बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

दसैँका दिन पनि मन्दिरमा विशेष पूजाआजा गरिने परम्परा छ। धार्मिक आस्था र सांस्कृतिक महत्त्व बोकेको उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ। अष्टमी मेलाले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको छ।

Dhnagadhi & Krishanapur