योगेन्द्र शाह स्मृति कपको उपाधि विजयनगरलाई, फाइनलमा बनखेत ४५ रनले पराजित

Image
Nisarga Hospital

अत्तरिया:कैलालीको अत्तरियामा सञ्चालन भएको योगेन्द्र शाह स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधि गोदावरी नगरपालिका–१, विजयनगरले जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा गोदावरी नगरपालिका–२, बनखेतलाई ४५ रनले पराजित गर्दै विजयनगरले उपाधि आफ्नो पोल्टामा पारेको हो।

CP Hospital Dhangadhi

टस जितेर पहिले ब्याटिङ गरेको विजयनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो। विजयनगरका आशिष गुप्ताले ३३ र भुवन अवस्थीले ३० रन बनाए। त्यस्तै, खगेन्द्र जोशीले ९ बलमा ३ छक्कासहित २१ रन तथा महेश शाहले १५ बलमा १ चौका र १ छक्काको मद्दतले २५ रन जोडे।
बनखेतका अनिल विकले ३ विकेट लिए भने सुजन मल्ल, तेज जोशी र टेक माझीले समान १–१ विकेट लिए।

१३७ रनको लक्ष्य पछ्याएको बनखेतले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन मात्रै बनाउन सक्यो। बनखेतका सुजन मल्लले २७ र हरिश साउँदले २४ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा टोली पराजित भयो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका भुवन अवस्थी ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिताभर ब्याटिङमा ५० रन बनाउनुका साथै १३ विकेट लिएका खगेन्द्र जोशी ‘प्लेयर अफ द टुर्नामेन्ट’ बने।

त्यस्तै, गोदावरी नगरपालिका–११ का प्रकाश विक १४ विकेटसहित उत्कृष्ट बलर तथा उदयीमान खेलाडी घोषित भए। सोही वडाका राजेश विक १२४ रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यान बने।

विजेतालाई ५१ हजारभन्दा बढी पुरस्कार
उपाधि जितेको विजयनगरले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको बनखेतले नगद २१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले पनि आकर्षक पुरस्कार प्राप्त गरेका छन्।

गोदावरी नगरपालिका–१, विजयनगर निवासी स्वर्गीय योगेन्द्र शाहको स्मृतिमा विजयनगर टोलका युवाहरूले प्रतियोगिता आयोजना गरेका हुन्। असोज २८ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।

Dhnagadhi & Krishanapur