स्वास्थ्य युवा महोत्सवबारे भलमन्साहरूसँग छलफल, समुदायस्तरमा सचेतना फैलाउने प्रतिबद्धता

Image
Nisarga Hospital

अत्तरियाः स्वास्थ्य युवा महोत्सव–२०८३ लाई लक्षित गर्दै गोदावरी नगरपालिकाका भलमन्सा तथा थारू समुदायका अगुवाहरूसँग स्वास्थ्य सचेतना र परामर्श कार्यक्रमबारे छलफल गरिएको छ।

CP Hospital Dhangadhi

छलफलमा गोदावरी नगरपालिकाका भलमन्सा अध्यक्ष मानबहादुर चौधरी, वडा नम्बर ३ का भलमन्सा अध्यक्ष समापति चौधरी, वडा नम्बर १० का धनबहादुर कुस्मी, वडा नम्बर ८ का छत्क बहादुर चौधरी, वडा नम्बर ४ का बलबहादुर चौधरी, वडा नम्बर ५ का विशुराम चौधरी र वडा नम्बर ९ का कल्लु डङ्गौरा सहभागी थिए। साथै समाजका अगुवा बासुदेव चौधरी, कालुराम चौधरी, फूलमती चौधरी र रामदुलारी चौधरीलगायतको उपस्थिति रहेको थियो।

छलफलमा परम्परागत उपचार पद्धति र आधुनिक चिकित्सा सेवाबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै समुदायका नागरिकलाई आवश्यक पर्दा चिकित्सक तथा अस्पतालसम्म पुग्न प्रेरित गर्ने विषयमा जोड दिइएको थियो। विशेषगरी गम्भीर रोग, विषालु जीवको टोकाइ तथा अन्य स्वास्थ्य जोखिमबारे सचेतना फैलाउने र समयमै उचित उपचार गराउन समुदायस्तरबाट पहल गर्ने विषयमा सहभागीहरूले सकारात्मक विश्वास व्यक्त गरेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भलमन्सा, चिकित्सक र अस्पतालबीच समन्वय बढाउनुका साथै आयुर्वेदिक चिकित्सा, मनोचिकित्सा र जनस्वास्थ्य विशेषज्ञहरूसँगको अन्तरक्रिया तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ। कार्यक्रमको सम्बाद संयोजकमा विष्णु राज जोशी रहनु भएको छ ।

कार्यक्रममा कैलाली जिल्ला चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष बंशी चौधरी ‘स्माइल’ र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्ल ‘भिप्लव’ले महोत्सवको उद्देश्य र कार्यक्रमबारे जानकारी गराएका थिए। उनीहरूले स्वास्थ्य सचेतना कार्यक्रमको सन्देश लक्षित समुदायसम्म पुर्‍याउन तथा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न भलमन्सा र सामाजिक अगुवाहरूको महत्त्वपूर्ण भूमिका रहने बताए।

स्वास्थ्य युवा महोत्सव–२०८३ आगामी कार्तिक १३ देखि १८ गतेसम्म गोदावरी नगरपालिका–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा सञ्चालन हुँदैछ। ‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवमा स्वास्थ्य सचेतना, विशेषज्ञसँग अन्तरक्रिया तथा स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

Dhnagadhi & Krishanapur