अत्तरियामा ‘३३ कोटी देवताको शिला’ प्रकट भएको दाबी, वन अतिक्रमणको आशङ्का

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा ‘३३ कोटी देवतास्वरूप शिला प्रकट भएको’ भन्दै स्थानीयले संरक्षण गर्न थालेका छन्। गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्क छेउको दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा शिला प्रकट भएको दाबी गरिएको हो।

CP Hospital Dhangadhi

शिला प्रकट भएको भनिएपछि स्थानीयले उक्त क्षेत्रलाई घेरबार गरेका छन्। त्यहाँ दर्शन गर्न श्रद्धालुहरूको भिडसमेत लाग्ने गरेको छ। यद्यपि, शिला प्रकट भएको दाबीबारे आधिकारिक पुष्टि भएको छैन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैबीच, दुर्गालक्ष्मी सामुदायिक वनले भने उक्त गतिविधिप्रति विरोध जनाएको छ। वनकी अध्यक्ष शिवा कडायतले वन क्षेत्रमा विभिन्न स्थानमा यस्ता माटाका ढिस्का रहेको बताउँदै वन अतिक्रमण गर्ने उद्देश्यले यस्तो गतिविधि गरिएको आशङ्का व्यक्त गरेकी छन्।

‘भगवान्को नाममा यहाँ वन अतिक्रमण गर्न खोजिएको छ। फलामका पिल्लरसमेत गाडिएका छन्। यसबारे हामीलाई कुनै जानकारी गराइएको छैन,’ उनले भनिन्, ‘यदि भगवान् नै प्रकट हुनुभएको हो भने पनि वन आफैँले संरक्षण गर्छ।’

अध्यक्ष कडायतले वनको जानकारी र अनुमति नलिई गाडिएका फलामका पिल्लर हटाउनेसमेत बताएकी छन्। धार्मिक आस्थासँग जोडिएको दाबी र सामुदायिक वनको संरक्षणसम्बन्धी विवादले अत्तरियामा चासो बढाएको छ।

Dhnagadhi & Krishanapur