सामाजिक विकास समितिका सभापति पाठकलाई नागरिक सवाल समेटिएको ध्यानाकर्षण पत्र बुझाइयो

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेशका नागरिकका सवालहरू सम्बोधन गर्न माग गर्दै सुदूरका आवाज (बहुसरोकारवाला नागरिक पैरवी मञ्च) ले सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

CP Hospital Dhangadhi

मञ्चको अगुवाइमा मंगलबार सभापति पाठकलाई नागरिकका विभिन्न सवालहरू समेटिएको ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको हो। नागरिकका सरोकारलाई प्रदेश सभामार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने र ती सवालको सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराउने उद्देश्यले पत्र हस्तान्तरण गरिएको मञ्चले जनाएको छ।

ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा मञ्चका सदस्यहरू पुष्पराज जोशी, निरङ्ग चौधरी, यमुना साउद र सुशीला धामीको सहभागिता रहेको थियो।
“सुदूरका आवाज” नागरिक पैरवी मञ्चलेनागरिकका सवाललाई संस्थागत रूपमा उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने मञ्चका सदस्य जोशीले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

“युवा तथा लक्षितबर्गको सवालहरु समेटिएको ध्यानाकर्षण पत्र सरोकारवाला निकायलाई बुझाएर हामी उनीहरूलाई झकझकाउने काम गर्छौ,” जोशीले भने,”अहिलेसम्म प्रदेश सरकार मातहत रहेका मन्त्रालय तथा संसदीय समितिहरुलाई बुझाएका छौ, यसलाई पालिकासम्मै बुझाएर ध्यानाकर्षण गराउने छौ ।”

Dhnagadhi & Krishanapur