
धनगढीः महिला फुटबलको विकास र खेलाडीको प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यसहित सुदूरपश्चिममा ‘माया मेट्रो अस्पताल सुदूरपश्चिम महिला गोल्ड कप २०८३’ आयोजना हुने भएको छ।

श्री सुमादेवी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता कार्तिक १८ गतेदेखि सुरु हुनेछ। प्रतियोगितामा विभिन्न प्रदेशका राष्ट्रियस्तरका महिला फुटबल खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद ९९ हजार ९९९ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ पाउनेछ।




महिला फुटबलको विकास, खेलाडीहरूको क्षमता र प्रतिभा उजागर गर्नुका साथै सुदूरपश्चिममा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताले महिला फुटबलप्रति आकर्षण बढाउनुका साथै प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ। आयोजकले प्रतियोगितामा सहभागी भई महिला फुटबल खेलाडीको हौसला बढाउन खेलप्रेमी तथा दर्शकलाई आग्रह गरेको छ।




































