
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति सम्पन्न ५ ओभरको खेलमा विराटनगरले शानदार जित निकालेको हो।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका लागि सैफ जैबले १० बलमा १७ र आरिफ शेखले ८ बलमा १७ रन बनाए। स्कट कुगलेनले आक्रामक ब्याटिङ गर्दै मात्र ६ बलमा २८ रन जोडे। उनले चार छक्का प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन्।
सुदूरपश्चिमका ओपनर शेरफन रदरफोर्ड पहिलो बलमै खाता नखोली आउट भएपछि टोली सुरुमै दबाबमा परेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ५ बलमा मात्र १ रन बनाउन सके।







































