मष्टा–५ मा प्रथम वडा अध्यक्ष कप हुँदै, पुरुष भलिबल विजेतालाई १ लाख ५५५ पुरस्कार

Image
Nisarga Hospital

बझाङ: बझाङको मष्टा गाउँपालिका–५ मा प्रथम वडा अध्यक्ष कप–२०८३ आयोजना हुने भएको छ। खेलकुद, संस्कृति र समृद्धिको अभियानलाई अघि बढाउने उद्देश्यले वडा कार्यालयको आयोजनामा आगामी कात्तिक २६ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।

CP Hospital Dhangadhi

वडा अध्यक्ष सुधन कडायतका अनुसार प्रतियोगितामा पुरुष तथा महिला भलिबल खेलसँगै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन्।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ५५५ रुपैयाँ, द्वितीयले ६१ हजार ५५५ र तृतीयले ३१ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, महिला भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ५१ हजार ५५५, ३१ हजार ५५५ र २१ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कार्यक्रमको पहिलो दिन कात्तिक २६ गते बिहान ११ बजे वडा कार्यालयको उद्घाटनसमेत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको अवसरमा देउडा–दोहोरीसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने राष्ट्रिय कलाकारहरूको समेत प्रस्तुति रहनेछ।

स्थानीय खेल प्रतिभाको पहिचान, युवाको क्षमता विकास, आपसी सद्भाव अभिवृद्धि तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष कडायतले बताएका छन्।

Dhnagadhi & Krishanapur