गोदावरी मेयर कप ब्याडमिन्टन हुँदै, बी लेबल विजेतालाई ५१ हजार १११ र सी लेबल विजेतालाई १५ हजार १११ रुपैयाँ पुरस्कार

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरीमा प्रथम संस्करणको ‘गोदावरी मेयर कप’ ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बी लेबल तथा गोदावरी नगरस्तरीय सी लेबल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार बी लेबल प्रतियोगिता २०८३ कार्तिक २० गते बिहान ९ बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने तथा कामकाजको सिलसिलामा प्रदेशमा रहेका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्।

oplus_0

CP Hospital Dhangadhi

बी लेबल प्रतियोगिताको विजेताले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उपविजेताले ३१ हजार १११ रुपैयाँ तथा तृतीय हुने टोलीले १० हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन प्रतिटिम दुई हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। टिम दर्ताको अन्तिम मिति कार्तिक १९ गते साँझ ४ बजेसम्म रहेको छ भने सोही दिन साँझ ७ बजे टाइसिट सार्वजनिक गरिने आयोजकले जनाएको छ।

यसैगरी, गोदावरी नगरस्तरीय सी लेबल प्रतियोगिता कार्तिक १८ गतेदेखि सञ्चालन हुनेछ। यसमा गोदावरी नगरपालिकाभित्रका खेलाडी तथा कर्मचारीहरूले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले व्यक्तिगत रूपमा नाम दर्ता गराउनुपर्नेछ। प्रतिव्यक्ति ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ। दर्ता भएका खेलाडीमध्ये आयोजकले सिनियर र जुनियर खेलाडी मिलाएर टोली निर्माण गर्नेछ र आयोजकले बनाएको टोलीले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सी लेबल प्रतियोगिताको विजेताले १५ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ५ हजार १११ रुपैयाँसहित पुरस्कार पाउनेछ। तेस्रो टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिनेछ। यो प्रतियोगिता मैत्रीपूर्ण रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको मञ्चका अध्यक्ष तेजबहादुर खड्का र सचिव धर्मसिंह कुँवरद्वारा पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Dhnagadhi & Krishanapur