परशुराममा वडा स्तरीय क्रिकेट प्रतियोगिता ‘शिर्ष प्राइड लिग’ सम्पन्न, लोपा लायन्स बन्यो विजेता

Image
Nisarga Hospital

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–३ मा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता ‘शिर्ष प्राइड लिग (एसपीएल)’ सफलतापूर्वक सम्पन्न भएको छ। खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान, आपसी एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

CP Hospital Dhangadhi

प्रतियोगितामा लोपा लायन्सले विजेताको उपाधि हात पारेको छ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

प्रतियोगिता सम्पन्न गर्न वडा अध्यक्ष नरेशबहादुर खवाससहित वडा परिवार, आयोजक समिति, निर्णायक, स्वयंसेवक, सहयोगी दाता तथा अतिथिहरूले सहयोग गरेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

खेल संयोजक हिक्मतबहादुर धामीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै विजेता टोली लोपा लायन्सलाई बधाई दिएका छन्। उनले हारजितभन्दा पनि प्रतियोगिताबाट प्राप्त एकता, मित्रता र अनुभव महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

त्यस्तै, प्रतियोगितामा प्राथमिक उपचार सेवाका लागि सहयोग गर्ने सौजन्य क्लिनिकका सञ्चालक तथा वडा सचिव युवराज डाँगीप्रति पनि आयोजकले धन्यवाद व्यक्त गरेको छ।

Dhnagadhi & Krishanapur