गोदावरी नगरपालिकाद्वारा अत्तरियाका केही मासु पसलमा अनुगमन गर्दा करिब १ क्विन्टल अखाद्य मासु बरामद गरी नष्ट

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १ र २ मा रहेको अत्तरिया बजारमा चाडपर्वलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा करिब १ क्विन्टल अखाद्य मासु बरामद गरी नष्ट गरिएको छ।

CP Hospital Dhangadhi

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गोदावरी नगरपालिकाले नगर उपप्रमुख शारदा देवी रोकायाको नेतृत्वमा अत्तरियाका करिब २० वटा होटल तथा मासुजन्य पसलमा अनुगमन गरेको हो। अनुगमन टोलीमा पशु सेवा शाखाका कर्मचारी, पशु चिकित्सक डा. निलम कुमारी महतो, नगर प्रहरी, मालाखेती इलाका प्रहरी कार्यालयका प्रहरी, पत्रकार तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा केही मासु पसलमा अव्यवस्थित रूपमा मासु भण्डारण गरिएको, एउटै फ्रिजमा विभिन्न प्रकारका काँचो मासु खुला अवस्थामा राखिएको र सरसफाइमा समेत लापरबाही गरिएको पाइएको छ। मासुको गुणस्तर, स्वच्छता तथा बिक्री वितरणको अवस्थाबारे निरीक्षण गर्दा उपभोगका लागि अनुपयुक्त मासु फेला परेपछि बरामद गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

पशु चिकित्सक डा. निलम कुमारी महतोका अनुसार खाद्य स्वच्छता र मासुको उचित भण्डारणमा व्यवसायीले विशेष ध्यान दिन आवश्यक छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा लापरबाही गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै उनले काँचो तथा विभिन्न प्रकृतिका मासु छुट्टाछुट्टै र उचित तापक्रममा सुरक्षित राख्नुपर्ने बताइन्।.

नगरपालिकाले व्यवसाय सञ्चालन गर्दा नाफाभन्दा नागरिकको स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरेको छ। साथै, चाडपर्वका समयमा उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

oplus_0
Dhnagadhi & Krishanapur