सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब ६३ अर्ब, अधिकांश कैलाली–कञ्चनपुर केन्द्रित

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १ खर्ब ६३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक धनगढीले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा कर्जा लगानी ३.८२ प्रतिशतले वृद्धि भएको हो। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रदेशभर २ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। निक्षेप संकलन १८.५६ प्रतिशतले बढेको छ।

CP Hospital Dhangadhi

प्रदेशमा रहेका ८४४ बैंक तथा वित्तीय संस्थाका शाखामध्ये कैलालीमा ३५० र कञ्चनपुरमा १८३ वटा छन्। प्रदेशको कुल कर्जाको ६८.३७ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ७२ करोड रुपैयाँ कैलालीमा मात्रै प्रवाह भएको छ। कञ्चनपुरको हिस्सा १९.९२ प्रतिशत छ। सात पहाडी जिल्लामा कुल कर्जा प्रवाहको हिस्सा १२ प्रतिशतभन्दा कम छ। सबैभन्दा कम बाजुरामा ०.९७ प्रतिशत कर्जा प्रवाह भएको छ।

निक्षेप संकलनमा पनि कैलाली अगाडि छ। प्रदेशको कुल निक्षेपमध्ये ४८.५० प्रतिशत अर्थात् ९९ अर्ब ९८ करोड रुपैयाँ कैलालीबाट संकलन भएको छ। बाजुरामा भने सबैभन्दा कम २.६४ प्रतिशत निक्षेप संकलन भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रतिवेदनअनुसार बैंकहरूको कुल लगानीमध्ये औद्योगिक क्षेत्रमा १६.९६ प्रतिशत मात्रै लगानी भएको छ। उद्योग क्षेत्रमा २७ अर्ब ७१ करोड रुपैयाँ लगानी हुँदा कृषि क्षेत्रमा १५ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। कृषि कर्जा अघिल्लो वर्षको तुलनामा २.१३ प्रतिशतले घटेको छ।

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवरले पहाडी जिल्लामा धितोसम्बन्धी समस्याका कारण कर्जा पाउन कठिन भएको बताएका छन्। कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमा परियोजनाका आधारमा कर्जा प्रवाह गर्न सके पहाडी जिल्लामा आर्थिक गतिविधि विस्तार हुने उनको भनाइ छ।

Dhnagadhi & Krishanapur