१०औँ राष्ट्रिय खेलकुदका लागि बझाङमा खेलाडी छनोट प्रक्रिया सम्पन्न

Image
Nisarga Hospital

रमेशबहादुर सिंह/बझाङः १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्ला खेलकुद विकास समिति बझाङले विभिन्न खेल विधाका खेलाडी छनोट प्रक्रिया सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

जिल्लामा लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी उनीहरूको क्षमता, दक्षता र प्रदर्शनका आधारमा योग्य खेलाडी छनोट गरिएको समितिले जनाएको छ। छनोट प्रक्रियामार्फत जिल्लाका विभिन्न स्थानमा रहेका प्रतिभावान खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिएको छ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलबहादुर सिंहले खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचानलाई प्राथमिकता दिँदै छनोट प्रक्रिया सञ्चालन गरिएको बताउनुभयो। उहाँले छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी जिल्लाको नाम उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

समितिले खेलकुदको विकासका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा खेलप्रेमी सबैको सहकार्य आवश्यक रहेको जनाएको छ। साथै, राष्ट्रिय प्रतियोगितामा प्रभावकारी सहभागिता र उत्कृष्ट नतिजाका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण, तयारी र प्रोत्साहनमा जोड दिनुपर्ने बताइएको छ।

Dhnagadhi & Krishanapur