गेटास्थित शहीद दशरथ चन्द विश्वविद्यालयको शिक्षण अस्पतालमा जटिल कानको शल्यक्रिया सफल

Image
Nisarga Hospital

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा जटिल कानसम्बन्धी शल्यक्रिया गरिएको छ। विश्वविद्यालयका अनुसार अस्पतालमा माइक्रोस्कोपिक मोडिफाइड रेडिकल मास्टोइडेक्टोमी (एमआरएम) शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

यो शल्यक्रिया मध्यकान र मास्टोइड हड्डीमा हुने दीर्घकालीन संक्रमण तथा कोलेस्टेटोमा नामक असामान्य छालाको वृद्धिको उपचारका लागि गरिन्छ।

उच्च क्षमताको अपरेटिङ माइक्रोस्कोपको सहायताले गरिने यो विशेष प्रकारको ईएनटी (कान, नाक तथा घाँटी) शल्यक्रिया जटिल प्रकृतिको मानिन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विश्वविद्यालयका अनुसार उक्त शल्यक्रिया प्रा. डा. भुवन पाण्डेयले गरेका हुन्।

गेटास्थित शिक्षण अस्पतालमा यस्तो जटिल शल्यक्रिया हुनुले सुदूरपश्चिममै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले कानसम्बन्धी जटिल समस्या भएका बिरामीलाई उपचारका लागि अन्य ठूला सहर तथा अस्पताल धाउनुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur