‎सिगास–२ मा प्रजिअको टोली पुगेर दियो तीन अपाङ्गता भएका नागरिकलाई नागरिकता

Image
Nisarga Hospital

‎बैतडी:

CP Hospital Dhangadhi

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रममार्फत नागरिकता प्राप्त गर्न कठिनाइ भोगिरहेका नागरिकलाई घरदैलो तथा पायक पर्ने स्थानमै पुगेर नागरिकता प्रदान गर्न थालिएको हो ।


‎
‎सोही कार्यक्रम अन्तर्गत शुक्रबार बैतडीको सिगास गाउँपालिका –२ स्थित वडा कार्यालयमै पुगेर तीन जना अपाङ्गता भएका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa


‎
‎बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालसहितको टोली वडा कार्यालयमै पुगेर नागरिकता प्रदान गरेको वडा सचिव प्रताप बोहराले जानकारी दिनुभयो ।
‎
‎नागरिकता प्राप्त गर्नेमा २० वर्षीय मुकुन्द धामी, १८ वर्षीया मनिसा कुमारी धामी र १६ वर्षीय बसन्त नेपाली रहेका छन् । उनीहरूमध्ये मुकुन्द र मनिसा ‘क’ वर्ग तथा बसन्त ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति हुन् ।
‎
‎नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनीहरू निकै खुसी भएका छन् । शारीरिक अवस्थाका कारण सरकारी कार्यालयसम्म पुग्न कठिनाइ हुने नागरिकलाई सम्बन्धित निकाय आफैँले वडा कार्यालयसम्म पुगेर सेवा प्रदान गर्दा सहज भएको छ ।


‎
‎‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमले अपाङ्गता भएका तथा अशक्त नागरिकलाई राज्यबाट प्राप्त हुने आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
‎
‎दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच पुर्‍याउने यस्ता कार्यक्रमले नागरिक र राज्यबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
‎

Dhnagadhi & Krishanapur