
अत्तरियाः कैलालीको गोदावरीमा क्याम्पसको कार्यालय कोठाभित्र १८ वर्षीया युवतीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ निवासी ३८ वर्षीय सिद्धराज भट्ट रहेका छन्। उनी गोदावरी नगरपालिका–२ वनखेतस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा लेखापालका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भट्टमाथि गत कात्तिक ११ गते दिउँसो करिब १ बजे क्याम्पसकै कार्यालय कोठाभित्र युवतीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







































