जैगडी समुदायको इतिहास, पहिचान र विरासत संरक्षणका लागि अत्तरियामा पहिलो राष्ट्रिय भेला

Image
Nisarga Hospital

अत्तरिया — कैलालीको अत्तरियामा जैगडी एकता समाजको पहिलो राष्ट्रिय भेला आयोजना गरिएको छ। शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बसोबास गर्ने जैगडी समुदायका परिवारहरूको सहभागितामा भेला आयोजना गरिएको हो।

CP Hospital Dhangadhi

भेला आयोजनाका संयोजक मनोज जैगडीले समुदायको इतिहास, विरासत र पहिचान संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले जैगढ ऐतिहासिक महत्त्व बोकेको स्थान भएको उल्लेख गर्दै समुदायको आफ्नो छुट्टै इतिहास र अस्तित्व रहेको बताए।

उनका अनुसार समुदायका कुलदेवता दूध्या मष्टो हुन्। जैगडी परिवारको इतिहास, भाषा र सांस्कृतिक पहिचानको अध्ययन तथा संरक्षण गर्ने योजना पनि समाजले अघि सारेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पछिल्लो समय जैगडी समुदायका कतिपय व्यक्तिले लुहार, विकलगायत अन्य थर लेख्ने गरेकाले मौलिक पहिचान गुम्ने जोखिम बढेको समुदायका अगुवाहरूको भनाइ छ। सुदूरपश्चिममा मात्रै यस समुदायको जनसङ्ख्या ५ देखि ९ प्रतिशतसम्म हुन सक्ने अनुमान गरिएको छ।

अत्तरियामा आयोजित भेलाबाट पहिलो पटक जैगडी एकता समाजको कार्यसमिति चयन गरिने जनाइएको छ।

Dhnagadhi & Krishanapur