कैलाली र कञ्चनपुरबाट भन्सार छलीका २ लाख ३४ हजार बढीका सामान बरामद

Image
Nisarga Hospital

कैलालीः कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका २ लाख ३४ हजार २१० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

CP Hospital Dhangadhi

कैलालीको भजनी नगरपालिका–३ ठेकीपुल नजिकबाट शनिबार बेलुका ७६ हजार ६ सय रुपैयाँ बराबरका सामान बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका पटका, स्विच, सोल्डिङ वायर, टीभी रिमोट, ब्याट्री चार्जरलगायतका सामान फेला पारेको थियो।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट शनिबार दिउँसो १ लाख ५७ हजार ६१० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका मिठाई, सोनपापडी, सारा बत्ती तथा रङ्गोलीलगायतका सामान फेला पारेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा भन्सार छलीका सामान ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको छ।

Dhnagadhi & Krishanapur