नयाँ मोटरसाइकल किनेको भोलिपल्टै दुर्घटनामा प्रहरी जवानको मृत्यु, श्रीमती र नाबालिका छोरी शोकमा

Image
Nisarga Hospital

नयाँ मोटरसाइकल चढ्ने सपना बोकेर खरिद गरेको भोलिपल्टै डडेल्धुराका एक प्रहरी जवानले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। पूर्वी नवलपरासीको देवचुलीमा भएको दुर्घटनामा अजयमेरु गाउँपालिका–१ निवासी प्रहरी जवान लोकेन्द्र भण्डारीको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

भण्डारी नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा उनी सवार बा.प्र.०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको नम्बर नखुलेको ट्र्याक्टरले ठक्कर दिएको थियो।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नयाँ मोटरसाइकल खरिद गरेर खुसीसाथ यात्रा सुरु गरेका भण्डारीको भोलिपल्टै भएको दुर्घटनामा ज्यान गएपछि परिवारमा बज्रपात परेको छ। मृतक भण्डारीका श्रीमती र एक नाबालिका छोरी रहेका छन्। नयाँ मोटरसाइकलसँग जोडिएको सपना अधुरै छाडेर उनको असामयिक निधन भएको छ।

Dhnagadhi & Krishanapur