सुदूरपश्चिमको बलियो प्रदर्शन, जनकपुर ९३ रनमै अलआउट; २७ रनको जितसँगै दोस्रो स्थानमा उक्लियो

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। लो-स्कोरिङ खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटिएपछि सुदूरपश्चिमले सहज जित निकालेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो। जवाफमा जनकपुरका ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली सामान्य लक्ष्यसमेत भेट्टाउन असफल भयो।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा ६ खेलबाट चौथो जित निकाल्दै ८ अंक जोडेको छ। समान ८ अंक रहेको काठमाडौं गोर्खाजपछि रनरेटका आधारमा सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। यससँगै टोलीको प्लेअफ यात्रा थप बलियो बनेको छ।
दुई पटकको उपविजेता सुदूरपश्चिमसँग पराजित पहिलो संस्करणको विजेता जनकपुरलाई भने प्लेअफ दौडमा धक्का लागेको छ। ६ खेलमा चौथो हार बेहोरेको जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

CP Hospital Dhangadhi
Dhnagadhi & Krishanapur