अछामको चौरपाटि- ६ का बिपन्न गरिब बालबालिकाहरुलाई न्यानो लुगा बितरण

Image
Nisarga Hospital

अछामको चौरपाटि गाउँपालिका वडा नं ६ का बिपन्न गरिब बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरिएको छ । बिभिन्न सहयोगीदाताहरुको सहयोगमा साजाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले न्यानो लुगा बितरण गर्नु भएको हो ।

CP Hospital Dhangadhi

कैलाली घर भई सामाजिक कार्यमा अग्रसर सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवर यति बेला बिभिन्न सहयोगी दाताहरुको सहयोगमा डोटिको पुर्बि चौकि गाउपालिका र अछामको चौरपाटिको विभिन्न भुकम्पले भत्काएका स्कुलहरुमा स्कुल ब्याग, कपि कलम लगायत शैक्षिक सामाग्रीहरु र न्यानो लुगा लगेर सेवामा हुनुहुन्छ ।

nawajiwan
Attariya Hospital

सामाजिक अभियान्ता कुवँरका अनुसार अमेरिका निवासी बुद्ध माया तिवारी, गोरीमाया आचार्य, उषा  मल्ल साहि एण्ड अर्जुन साहि छोरी मेरिना साहि, साहित्यकार सर्ला श्रेष्ठ त्यस्तै काठमाण्डौ निवासी गोरख केसी एण्ड मुना लामा, किरन कार्जित केयुर,रेस्लिङ खेलाडी मुना श्रेष्ठको सहयोगमा पहिलो चरणमा अछामको चौरपाटि गाउपालिका वडा नम्बर ६ का करिब ३५ जना बालबालिकाहरुलाइ न्यानो लुगा टोपी लगायत सहयोग गरिएको हो ।

वडा नम्बर ६ का वडा सदस्य भानसिङ साउद र समाजसेवी प्रेम खड्का समाजसेवी अम्मर खड्काको आग्रहमा एकल महिला, बिपन्न, गरिब बालबालिकाहरुलाइ सहयोग हस्तान्तरण गरिएको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवरको भनाई छ । वडा नं ६ का बिपन्न गरिब बालबालिकाहरुलाई न्यानो लुगा बितरण