पिएम कप क्रिकेट : अछामकाे सान्त्वना जित

Image
Nisarga Hospital

बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट अन्तरगत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेकाे छ। सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रबार खेलेकाे अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायाे।

CP Hospital Dhangadhi

जितका लागि पाएकाे १४० रनकाे सामान्य लक्ष्य पछ्याएको बझाङ २५.२ ओभरमा ८८ रनमा समेटियो। उसका सनम बुढाथोकीले २१,सुशील रावल र अशाेक धामीले १५/१५ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन समेत जाेड्न सकेनन् । अछामका राेहित खड्काले ४ र युवराज खत्रीले ३ विकेट हात पारे।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएकाे थियाे ।

nawajiwan
Attariya Hospital

टस जितेर पहिला ब्याटिङ गरेकाे अछाम २८.४ ओभरमा १३९ रनमा अलआउट भयो । जसमा कप्तान राजु रिजालले सर्वाधिक ४९ रनकाे याेगदान गरे। बझाङका भरत चन्द,सुशील रावल र प्रकाश राेकायाले २/२ विकेट लिए।
अछामका राेहित खड्का म्यान अफ द म्याच चुनिएका स्काेरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

याेजित संगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेकाे छ । प्रतियोगिताका सबै खेल हारेको बझाङले भने पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नुपर्नेछ।

प्रतियोगिता अन्तरगत शनिवार बैतडी र कञ्चनपुर प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।