सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा आउने कलाकारको नाम सार्वजनिक, को-को कलाकार आउँदै छन् ?

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियामा हुने सुदुरपश्चिम प्रादेशिक महोत्सवमा आउने राष्ट्रिय तथा स्थानिय कलाकारहरुको टुंगो लागेको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यहि पौष २६ गतेदेखी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आउने कलाकारहरुको नाम सार्वजनिक गरिएको हो ।

CP Hospital Dhangadhi

अत्तरिया स्थित लामिताल परिसरमा सञ्चालन हुने महोत्सवमा सबै विधाका चर्चित कलाकारहरुको प्रस्तुति रहने गरि आयोजकले ४० जना भन्दा बढी कलाकारहरुको नाम सार्वजनिक गरेको छ ।

nawajiwan

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका सदस्य तथा कलासंस्कृति संयोजक रमेश भट्टराईका अनुसार महोत्सवमा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), आधुनिक गायक प्रमोद खरेल,लोकदोहोरी गायक पुष्कल शर्मा, प्रिती आले, शान्ति परियार, लोकपप गायक चक्र बम, टंक तिमिल्सिना, गायिक रचना रिमाल, गायक हिमाल सागर, गायिका एलिना चौहानले प्रस्तुति राख्ने भएका छन् ।

Attariya Hospital

त्यस्तै लोकदेउडा गायक भुवन दाहाल, लाल बहादुर धामी (अछामी बड्डो), दिपेन्द्र दाहाल, चेतन बोहरा, डिक्रा बादी, कृष्ण बिक, टेक बोगटी, नरेश जोगी, सुमन ताम्राकार, मनिष खडका, सुरेश चोखाल, अनिता चौलानी, सृजना खत्री, शेर कैनी, टेक बिसी, सौगात ओझा, कृष्ण र्याउलेले प्रस्तुति राख्ने भएका छन् ।

त्यस्तै गायिका सपना शाही, गायक मेघजंग कडायत, डिबि निरंकारी, गायिका शुसिला कार्की, दुर्गा भट्ट, गायक रेस विसी, रमेश मल्ल, हास्य कलाकार हेम अधिकारी (खन्टेखलास), भिम बिष्ट, मोडल रोजी कुवँर, रुविना अधिकारी, अस्मीता पुरी, आभा, डान्सर आस्मा भण्डारी लगायतका अन्य कलाकारहरुको प्रस्तुति रहने कलासंस्कृति संयोजक भट्टराईले जानकारी दिए । यसमा केही थपघट हुनसक्ने उनले बताए । दर्शकको मागका आधारमा अहिले चलेका कलाकारहरुलाई महोत्सवमा ल्याउने गरी तयारी भइरहेको उनको भनाई छ ।

महोत्सवको दिन नजिकिएसंगै तयारीलाई तिब्रता पारिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिब शंकर खड्काके बताए । उनले कलाकारसंग सम्झौता गर्ने, सहयोग खोज्ने, स्टल लगायतका भौतिक संरचना निर्माणका कामहरुलाई तिव्रता दिइएको बताएका छन् ।