बैतडीको एक घरमा आगलागी हुँदा ५ लाखकाे क्षति

Image
Nisarga Hospital

बैतडी: बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका –६ थलालगाउँका पुष्कर थलालको घरमा शनिबार साँझ विद्युतको तार सर्ट भइ आगलागी भएको हाे।

CP Hospital Dhangadhi

थलालको दुई तले चारकोठे कच्ची घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँका साथै १ तोला आठ आना सुन जलेर नष्ट भएको छ । यस्तै घरभित्र रहेका ३५ हजार बराबरका कपडा जलेका छन् भने खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको छ ।

Attariya Hospital

आगलागीबाट मानवीय क्षति नभएपनि घरको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरीक्षक खेमविक्रम केसीले बताउनुभयाे । ।

nawajiwan

घरमा लागेको आगो स्थानीय र प्रहरीको टोली साँझ साढेसात बजेतिर नियन्त्रणमा लिएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।