आयल निगम धनगढीका प्रमुख शाहको सरुवा

Image
Nisarga Hospital

आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ ।

CP Hospital Dhangadhi

उपनिर्देशक साहको विवादित छविले निगमलाई नै असर गरेको भन्दै निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले मंगलवार साँझ उनलाई सरुवा गर्ने निर्णय गरेका हुन्। उनलाई केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा बुधवारदेखि हाजिर हुने गरी सरुवा गरिएको जनाइएको छ ।

Attariya Hospital

करिब एक वर्षदेखि धनगढी डिपो प्रमुख रहेका साहले व्यवसायीसँग जुनसुकै काम गर्दा पनि अवैद्य असुली गरेर दुःख दिन गरेको उजुरी बढ्दै गएको थियो । ट्यांकरधनीलाई ढुवानी भाडा भुक्तानी गर्दा मासिक १.५ प्रतिशतसम्म कमिसन र पेट्रोलपम्पलाई तेल दिएबापत मासिक एक लाख रुपैयाँसम्म कमिसन लिने गरेको पनि उनीमाथि आरोप लागेको छ।

nawajiwan