सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा,सांसद बलायरले उद्घाटन गर्ने

Image
Nisarga Hospital

अत्तरिया: “सम्वृद्ध प्रदेशको आधार, कृषी पर्यटन र व्यापार” भन्ने नाराकासाथ कैलालीको अत्तरिया भोलिदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा भएको छ ।

CP Hospital Dhangadhi

आयोजक अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको भोलि दिउँसो १ बजे कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य विर बहादुर बलायरले उद्घाटन गर्ने संघले जनाएको छ ।

८ औँ संस्करणको उत्त महोत्सवको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ भने प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। महोत्सवमा सबैगरी १५० ओटा स्टल बुक भैईसकेको र अझै थपिने क्रम जारि रहेको जनाईएकोे छ । पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग वाँणीज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले महोत्सव सम्पन्न गर्न सहयोग गर्न सम्पूर्णलाई आग्रह गरे ।

nawajiwan

महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय एवम् चर्चित कलाकारहरूको प्रस्तुति, थारु सँस्कृति तथा परिकार सहितको मिनी महोत्सव,लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू, विभिन्न प्रकारका झाँकीका साथै नृत्यहरू रहेको अध्यक्ष बोहराले बताए ।

Attariya Hospital

भोलि बिहान ११ बजे विभिन्न झाँकि सहित अत्तरिया बजार परिक्रमा गरिने बताईएको छ । आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ ।
अत्तरियाको लामिताल परिसरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निशुल्क रहेको छ ।

माघ ७ गतेसम्म चल्ने महोत्सवले यस क्षेत्रको पर्यटनमा बिकास पुग्ने आयोजकले विश्वास लिएको छ । आयोजकले प्रति टिकटको रकमबाट १ प्रतिशत ब्लड बैंककोलागि रेडक्रसलाई प्रदान गर्ने भएको छ ।