कैलालीको गोदावरीमा २ सय ५० थान अबैध काठ फेला

Image
Nisarga Hospital

कैलाली: कैलालीको गोदावरीबाट ठूलो परिणाममा अबैध काठ बरामद गरिएको छ। कैलालीको गोदावरी नगरपालिका–१० खमौरा सब डिभिजन वन कार्यालय अत्तरियाबाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ बरामद गरेको छ।

CP Hospital Dhangadhi

स्थानीय शेरबहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ।

Attariya Hospital

बरामद सालको काठ चिरान गरिएको २ सय ५० थान(१ सय २० क्युफिट)रहेको सव डिभिजन वन कार्यालय अतरियाबाट कार्यालय प्रमुख निराजन कडालले बताए। सो बारेमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।

nawajiwan