धनगढीको चैतन्य पाठशाला स्कुलमा माघी मिलन

Image
Nisarga Hospital

धनगढी : धनगढी शिवनगर ५ मा रहेको चैतन्य पाठशाला स्कुलले माघी मिलन २०८० एक कार्यक्रम गरेको छ । शिक्षासँगै संस्कारलाई प्राथमिकता दिदै आएको चैतन्य पाठशालाले शुक्रवार माघी मिलनको अवसर पारि एक कार्यक्रम गरी मनाएकोे हो ।

CP Hospital Dhangadhi

कार्यक्रममा विभिन्न नाच गान विद्यार्थीहरुले प्रस्तुत गरिनुका साथै चौधरी जातीले बिशेष माघी मान्ने भएकाले यसलाई जगृना गर्ने उदेश्यले यो माघी मिलन कार्यक्रम गरेको हो । सुसूरपश्चिमको मौलिक खानाका परिकार पाठशालाले प्रदर्शनी गरेको थियो । कार्यक्रमको स्वागत मन्तब्य ब्यक्त गर्दै चैतन्य पाठशालाका साहयक प्रधानाध्यापक कटकबहादुर सिंहले कला र सभ्यता सँगै संस्कृती जोगाउने गर्ने हाम्रो पहिलो उदेश्य रहेको बताए ।

Attariya Hospital

शिक्षासँगै कला र संस्कृतीको मुल्य मान्यता विद्यार्थीहरुमा जागृती गराउने र दक्ष, क्षमतावान, अब्बल विद्यार्थी उत्पादन गर्ने उदेश्य चैतन्य पाठपाशालाको रहेको बताउँदै माघी मिलनको पर्वको शुभकामना दिए । उनले शिक्षा र संस्कारकै कारण अहिले संस्कृतीको विकास भैरहेको बताउँदै शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताए । त्सस्तै चैतन्य पाठशालकाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चैतन्य पाठशालाका प्रमुख सल्लाकार चैतन्य ईन्सिच्चुट रिसर्च एण्ड डेभलपमेन्ट अध्यक्ष डा. हेमराज पन्त रहेका थिए । । प्रमुख अतिथि डा.पन्तले कला सस्कृतिलाई हामी सबैले जगृर्ना गर्नुपर्ने बताएका थिए । उनले सुदूरपश्चिमको पहिचान, कला सस्कृतिलाई हामीले भुल्न नहुने भन्दै भोलिको पुस्ताले संस्कृतीबारे हामीले जोग्रेना गरेन भने भोली आउने पुस्तााले थाहा समेत नपाउने बताए । त्यस्का लागी संस्कृतीलाई बचाउन हामीले आ–आफ्नो तर्फबाट लाग्नुपर्ने जोड दिन आग्रह गरे। यसमा आफूबाट हुने कुनै पनी सहयोगि हातहरु सधै अगाडी बढाई रहन जहिले पनि आफू तयार रहेको बताए ।

nawajiwan

पाठशालकाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चैतन्य पाठशालाका प्रमुख सल्लाकार चैतन्य ईन्सिच्चुट रिसर्च एण्ड डेभलपमेन्ट अध्यक्ष डा. हेमराज पन्त रहेका थिए । भने बिशिष्ट अतिथि धनगढी उपमहानरपालिका वडा ५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाही, धनगढी उपमहानगरपालिका वडा न.६ का वडा अध्यक्ष भागीराम चौधरी, वडा न.७ का वडा अध्यक्ष मोतीलाल राना,वडा न ८ का वडा अध्यक्ष जगुराम चौधरी, चैतन्य पाठशालाका पिटी ए ,अध्यक्ष ईश्वर गिरी रहेका थिए । कार्यक्रमा अभिभावक,चैतन्य पाठशालाका प्रिन्सीपल अशोक राज खाती बिद्यालयका शिक्षक तथा शिक्षीका, बिद्यार्थीहरुको सहभागीता रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोशीले गरेकी हुन ।