अत्तरियाको दोहरी साँझमा कुटपिट, एक जनाको मृत्यु, ६ जना पक्राउ

Image
Nisarga Hospital

गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ।

CP Hospital Dhangadhi

२५ गते बुधवार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो। २५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए। गम्भीर चोट लागेका उनको उपचारकै क्रमम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

Attariya Hospital

देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए। देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो। कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। उनले अनुसन्धानका लागि शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताएका छन्।

nawajiwan