बिपदको क्षेत्रमा MPDS को कार्य प्रशंसनीय: कैलारी अध्यक्ष चौधरी

Image
Nisarga Hospital

अत्तरियाः बहुउद्देश्यीय बिकास समाज डडेल्धुराको अायोजनामा बिपद टास्क फोर्स र स्थानीय समुदायका अगुवाहरुका लागि बिपद ब्यवस्थापन तथा पूर्ब सूचना प्रणाली (EWS) सम्बन्धि अभिमुखीकरण कार्यक्रम कैलारी गाउँपालिका वडा नं ३ सुर्मीनालामा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

कैलारी गाउँपालिकाको समन्वय,KERK IN ACTIE र CORDAID सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त कार्यक्रमको अायोजना गरिएको हो ।


बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले उक्त अभिमुखीकरण गरिएको सुर्मिनालाका भलबन्सा राम किसन चौधरीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घघाटन गर्दे कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी ले बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा र समुदायमा सचेतना अभिबृद्घी गर्ने कार्यमा MPDS ले खेलेको भूमिकाको प्रशंसा गर्दे धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले MPDS संग पालिकाले अन्य कामहरु गर्ने बताउनु भयो ।

nawajiwan
Attariya Hospital

कार्यक्रममा कैलारी गाउँपालिका वडा न ३ का अध्यक्ष सन्तराम चौधरी ले टास्क फोर्सको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा अाफूहरुले पनि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा वडा नं ४ का अध्यक्ष एंव बिपद संयोजक ठागुराम चौधरी, कार्यपालिका सदस्य लाल बहादुर बिक,भलबन्सा रामकिसन चौधरी लगायतका मन्तब्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण बहुउद्देश्यीय बिकास समाजका डिअारअार टेक्निकल एक्सपर्ट राजेन्द्र रैका र सामाजिक परिचालक सर्मिला चौधरी ले सहजीकरण गरेका थिए ।