गोदावरी नगरपालिकाले मकर मेलामा नि:शुल्क बसको ब्यवस्था गर्ने

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरीमा लाग्ने माघे मकरसंक्रन्ति मेलमाा नि:शुल्क बस सेवाको व्यवस्था गरिएको छ । माघ १ गते देखि लागिरहेको मकर मेलाको लागि गोदावरी नगरपालिकाले श्रद्धालु भक्तजनहरूको आवत जावतको लागि यात्रु बस को सुविधा गर्ने भएको छ।सुक्रबार नगरपालिकाले पत्रकार सम्मेलन गरी निःशुल्क बस सेवा को जानकारी दिएको हो।

CP Hospital Dhangadhi

आईतबार गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख वीरेन्द्र भट्ट ले गोदावरी मकर मेला मा ठूलो संख्या मा श्रद्धालु भक्तजनहरुको आवत जावत हुने भएको कारण ले गोदावरी नगरपालिकाको तर्फ बाट श्रद्धालु भक्तजनहरूको आवत जावत को लागि रकम नतिर्ने गरी निःशुल्क ६ वटा बस को व्यवस्था गरेका छौ भने । उनले मेला मा आउने श्रद्धालु भक्तजनहरुको घुइचो लाई मध्यनजर गर्दै १ गते का दिन अत्तरिया बाट गोदावरी आउने जाने सुविधा राखेको बताए।

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले हिन्दुधर्म अनुसार धार्मिक स्थल गोदावरीमा लाग्ने मेलाका लागि बाढीले बगाएको क्षेत्रमा नगरपालिकाकले जेसिभी लगाएर मर्मत सम्भार गरेको बताए । उनले मेला लाग्ने ठाउ गोदावरीधाम सम्म अत्तरिया बजारबाट श्रदालु भक्तजनहरुलाई आवतजावतमा सहजका लागि बसको पनि व्यवस्था गरिने बताएका छन् । मेयर भट्टले पवित्र गोदावरी धामलाई पर्यटकिय क्षेत्र बनाउन खोजेको बताए ।

nawajiwan
Attariya Hospital

उनले गोदावरीको धामको डिपिआर तयार पारिएको बताउँदै यस क्षेत्रको विकासका लागि ३८ देखि ४० करोड आवश्यक पर्ने बताए । उनले डिपिआर अनुसार अगाडि बढ्न सके धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा गोदावरीको विकास गर्न सकिने बताए ।

साथै मेलामा भक्तालुजनहरूको स्वास्थ्य लाई हेर्दै डाक्टर हरुको टीम संगै १ ठाउँमा स्वास्थ्य हेल्प डेस्क व्यवस्था गर्ने संगै भक्तजनहरूले गोदावरी मकर मेलामा राती बस्ने र बिहान स्नान गर्ने गरेका हुन्छन् र जाडो को मौसम भएको कारण यसलाई मध्यनजर गर्दै नगरपालिका ले ३ ट्रयाक्टर जती दाउरा को सुविधा समेत गर्ने नगर प्रमुख भट्ट ले बताए।उनले निःशुल्क बस सेवा माघ १ गते बिहान ६ बजे बाट संचालन हुने बताए।