
राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार बिजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ ।

आज आईतवार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रिय सभा निर्वाचन सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक एवं नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री माननीय मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई बिजयी गराउन जिल्ला स्तरीय सत्ता गठबन्धन दलहरूलाई जिल्ला समन्वय समिति चाँडो गठन गर्न निर्णय गरेको छ ।


त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदातालाई मिति २०८० माघ ९ गते भित्र कैलाली आईपुग्न निर्देशन दिने निर्णय गरेको संयोजक खडकाले बताउनु भयो ।
बैठकमा समन्वय समितिका सदस्यहरु नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा, नेकपा समाजबादीका दिनेशचन्द्र सुवेदी ,नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी,राष्ट्रिय सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट , नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य उम्मेदवार रेणु चन्द लगायतको उपस्थिति रहेको थियो ।






























