
गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले गोदावरी धाम क्षेत्रको बिकासको लागी ४० करोडको डिपिआर तयार भएको बताएका छन ।

गोदावरीमा बाह्र राषी मकर मेला को आज उदघाटन गर्दै मेयर भट्टले उक्त कुराको जानकारी दिएका हुन ।

‘४० करोडको डिपिआर बनेको छ, माथि पुल देखी तल आर्यघाट सम्म तर त्यो स्थानिय सरकारले मात्रै खर्च ब्यहोर्न सक्दैन । यसलाई ठुलो धार्मिक पर्यटकिय क्षेत्र बनाउने हो भने प्रदेश केन्द्र सरकारको पनि सहयोग आबश्यक रहेको छ ,’ मेयर भट्टले भने ।
उनले गोदावरीमा धेरै समिती पनि आबश्यक नरहेको बताए । उनले भने ,’ अब सबै समितीलाई मिलाएर बृहत गोदावरी धाम बिकास गठन गर्नुपर्ने छ । यँहा समिति धेरै भए, अब मुल समिति बनाउनु पर्यो । अरु समितिलाई उपसमिति बनाउन सकिने छ।’

हिन्दुधर्म अनुसार धार्मिक स्थल गोदावरीमा लाग्ने मेलाका लागि बाढीले बगाएको क्षेत्रमा नगरपालिकाकले जेसिभी लगाएर मर्मत सम्भार गरेको बताए । उनले मेला लाग्ने ठाउ गोदावरीधाम सम्म अत्तरिया बजारबाट श्रदालु भक्तजनहरुलाई आवतजावतमा सहजका लागि बसको पनि व्यवस्था गरिने बताएका छन् । मेयर भट्टले पवित्र गोदावरी धामलाई पर्यटकिय क्षेत्र बनाउन खोजेको बताए ।
उनले गोदावरीको धामको डिपिआर तयार पारिएको बताउँदै यस क्षेत्रको विकासका लागि ४० करोड आवश्यक पर्ने बताए । उनले डिपिआर अनुसार अगाडि बढ्न सके धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा गोदावरीको विकास गर्न सकिने बताए ।
मेयर भट्टले यो बर्ष आएको बाढिले यँहा ठुलो क्षती भएको तर पनि यसको ब्यबस्थापनमा नगरपालिकाले सक्ने जती सहयोग गरेको बताए ।
श्रावण २२ गते आएको बाढिले यँहा को स्थिती के थियो सबै लाई थाहा नै छ । साच्चै हामी डराएको थियौँ, सोच्न सकिने अबस्था थिएन। स्थानीय तहले मात्रै नियन्त्रण गर्न सकिने अवस्था थिएन । तर पनि हामी आजको दिन सम्म आएका छौं,’ उनले भने ।
गोदावरी धाम यस क्षेत्रका सबै पालिकाहरुको सरोकारको बिषय हुनुपर्ने उनको भनाई रहेको छ । उनले गोदावरी आसपासका ६ वटा नगरपालिका संग समन्वय गरेर यसको बिकास गर्न सकिने बताए ।































