प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात

Image
Nisarga Hospital

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ।

CP Hospital Dhangadhi

सोमबार भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले घरेलु टिम लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो। लुम्बिनीले दिएको १५९ रन लक्ष्य सुदूरले २९।३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमका लागि शेर मल्लले नटआउट ४२ रन र नारायण जोशीले नटआउट २८ रन जोडे।

Attariya Hospital

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८।४ ओभरमा १५८ रनमा अलआउट भयो। लुम्बनीका लागि प्रज्वल थापाले सबैभन्दा बढी ४२ रन जोडे। बलिङमा सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए भने भोजराज भट्ट र नरेश साउदले २(२ विकेट लिए।

nawajiwan