अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुष २६ गतेदेखी सुरु भएको महोत्सवको आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको उपस्थितिमा समापन गरिएको हो ।

कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

nawajiwan

११ दिन सम्म सञ्चालन गरिएको ८औं संस्करणको महोत्सव सफलतापुर्वक सम्पन्न भएको आयोजक अत्तरिया उद्योग बाणिज्य संघले बताएको छ।

Attariya Hospital

महोत्सव अत्तरिया स्थित पुर्बरोडमा रहेको लामिताल परिसरमा सञ्चालन भएको हो । महोत्सव संचालन अबधीभर सहयोग गर्ने सबैलाई संघका अध्यक्ष बोहराले धन्यवाद ज्ञापन गरेका छन् ।

समापन कार्यक्रममा विभीन्न संघ सँस्थाका प्रतिनिधी लगायतको उपस्थीती रहेको थियो ।

यसै बिच कार्यक्रमका प्रमुख अतिथि, कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा देखिएको नक्कली टिकट ठेली प्रकरणको छानबिन गरिनुपर्ने बताएका छन । आइतबार महोत्सवको समापन समारोहमा बोल्दै मेयर भट्टले टिकट प्रकरणको छानबिन गरी गलती अगाडि ल्याउनुपर्ने बताएका हुन ।