

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४ हाटखोली र बन्दगाडाको सिचाईका लागि बनाईएको सिचाई कुलो बर्षातको समयमा पहिरो गई भत्किए पछि अहिले वडा कार्यालय र गोदावरी नगरपालिकाको संयुक्त लगानीमा केही भाग मर्मत सम्पन्न भएको छ ।

गोदावरी नगरपालिकाको २ लाख पचास हजार र वडा कार्यालयको २ लाखमा पक्की मेसनरी वाल लगाई किसानहरको खेतवारीमा पानी पुर्याउने काम सम्पन्न भएको र पूर्ण रुपमा मर्मतका लागि आगामी बर्ष नै कुर्नु पर्ने बाध्यता रहेको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।

यस अघि यहाँका कृषकहरु जसो तसो टालटुल पारेर एकै सिचाई कुलो बाट खेत सिँचाइ गर्न बाध्य थिए । अहिले दुईटै सिचाई कुलोमा पर्खाल लागाई निर्माण भएसँगै अब खाद्यान्न बाली, तरकारी लगायतका नगदेबाली उत्पादनमा धेरै सहज हुने भएको छ।































