इन्डियन आइडलमा तहल्का पिड्दै गरेकी मेनुका पौडेल प्रतिस्पर्धा बाट बाहिरिईन

Image
Nisarga Hospital

झापाः भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन १४ को दौडबाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् ।

CP Hospital Dhangadhi

पारिवारिक स्रोतका अनुसार उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए । तर, उनी बाहिरिएपछि निर्णायकहरू पनि दुःखी बनेका छन् ।

Attariya Hospital

मेनुका सोमबार घर फर्किंदैछिन्। मुम्बईबाट बिहान साढे १० बजे उनी बागडोगरा विमानस्थल ओर्लिने छिन् । मेनुकालाई बाजागाजासहित स्वागत सम्मान गर्न उनका प्रशंसकसहितको टोली बागडोगरा विमानस्थल जाने कार्यक्रम छ । इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दिवारी, सप्तक संगीत विद्यालय झापा लगायतका संघ संस्थाले सम्मान गर्ने कार्यक्रम तय गरेका छन् ।

nawajiwan