बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत र भतिजो इन्जिनियर भएको दर्चुलाको शैल्यशिखर !

Image
Nisarga Hospital

अत्तरिया : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ। पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो।

CP Hospital Dhangadhi

यतिमात्र नभएर नगरप्रमुखका भतिजाले समेत सोही गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन्। शैल्यशिखर नगरपालिकाकाका प्रमुख हुन्, बिजय सिंह धामी। हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालिरहेका छन् उनका छोरा पुस्कर सिंह धामी।धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ।

Attariya Hospital

तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको हो। मेयरका भतिजा योगेशसिंह धामी सोही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन्।

nawajiwan