अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने

Image
Nisarga Hospital

अछाम : अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज ९बिहीवार० राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन्।

CP Hospital Dhangadhi

बिहीवारदेखि २५ गतेसम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल अछाम आउन लागेका हुन्।

कोटीहोम मुल आयोजक समितिका अनुसार आज बिहान राष्ट्रपति पौडेल ११ वजे कोटिहोम महाकुम्भको समुद्घाटन गर्ने छन्।

nawajiwan

नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ।

Attariya Hospital

साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि २५ गते शिवरात्रीसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ।

वैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार,वैदिक सनातक धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन,समाजमा अध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथधामलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सृदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती, लोकसस्कृति, लोककला,लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको बताइएको छ।

कोटिहोम महायज्ञमा झन्डै डेढ करोड खर्च हुने अनुमान छ।