राष्ट्रपति पौडेलद्वारा अछाम वैद्यनाथमा कोटिहोमको उद्घाटन

Image
Nisarga Hospital

अछाम : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो । अछामको वैद्यनाथमा १४४ वर्षीय कोटिहोमको उद्घाटनका क्रममा सो कुरा बताए । राष्ट्रपति पौडेले धार्मिक, सांस्कृतिक एकतासँगै संविधानले धर्मनिरपेक्षता सबैलाई एकताबद्ध बनाउने लैजाने भनाइ छ ।

CP Hospital Dhangadhi

वैद्यनाथलाई पर्यटनको विकास गरेर आर्थिक विकाससँगै सामाजिक एकतामा विकास गर्न सकिने भयो । नेपाल धार्मिक र सांस्कृतिक रूपमा पुण्यभूमि भएको भन्दै देवी देउताका मन्दिरले भरिएकाले पर्यटन र तीर्थाटन दुवै हुने भएको राष्ट्रपति पौडेलको भनाइ छ । कोटिहोमले लिएको लक्ष्यलाई शुभकामना दिए । वैद्यनाथको बारेमा स्कन्दपुराणमा समेत उल्लेख गरेको अल्प मध्य र दीर्घकालीन योजना बनाएर तीनै तहका सरकारले काम गर्नुपर्ने भनाइ राखे ।

उद्घाटनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँद, भौतिक योजनामन्त्री प्रकाश देउवा, पूर्वउपप्रधानमन्त्री भीम बहादुर रावल, सांसद, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । वैद्यनाथ क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीका पूर्व महानिरीक्षक मोतीलाल बोहरा लगायतलाई सम्मान गरिएको छ ।

nawajiwan
Attariya Hospital

पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वैद्यनाथ धाममा ६\६ वर्षको अर्धकुम्भ मेला,१२\१२ वर्षको महालक्ष्यहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम गरिने छ । वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण संवर्द्धन, समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरणका लागि कोटिहोम थमलिएको मूल आयोजक समिति संयोजक तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिए ।

यस्तै वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्य बनाउन, गुरुकुल शिक्षाको सुदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, लोकसंस्कृति, लोककला, लोकगाथाको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले कोटिहोमको आयोजना गरिएको बताइएको छ । कोटिहोम बिहीबारबाट सुरु भएर यही फागुन २५ गतेसम्म चल्ने कार्ययोजना छ ।