
साल्ल सालै सरकार फेर्या – जन्ता के पाउन्या हुन्।
को निगा हौ को गट्टा हौ – कसरी राउन्या हुन् ।।

कसरी रोज्गारी आउछन् – कसरी बिकास ।
देश्को बिकास हुने तन्त्र – यइ हो त निकास।।
के गर्न खोजेका हौ त – सर्कार् फेरि फेरि।
जन्ता कति झुक्किने हुन् – तम्रा हर्कत् हेरी ।।
आय के छ ब्यय के छ – हेक्का लिया छौकी।
नेपाल् देश्को नाउ मेटाउने – ठेक्का लिया हौकी।।
तम्री कुर्ची पोल्लि भइगइन् – खोसाखोस अद्दा छौ।
कुडा मात्रै ठुला ठुला – झोसाझोस अद्दा छौ।।
सिद्दान्त बेचेर खाया – इख् पनि हराया ।
राजनीति घिनाउलो रैछ – कोइ होइन पराया।।
यो मन्तरी उ मन्तरी – झुणेइ राख फोटा।
नेपाली जन्ता का मात्रै – भाग्य रैछन् खोटा।।
न त देश्मा उत्पादन् छ – न बिजुली बत्ती।
सिक्षा स्वास्थ्य बिकास छैन – को सोच्दा छौ कति।।
युवा शक्ति निर्यात भया – दिन् दिनै देश् खालि।
रिन् थपि जन्ताका मुन्टा – मान्नाइन की गालि ।।
न त कृषि न त बिज्ञान् – न त कल्कारखाना।
रिन् गाडेर नेता पाल्नु – धन्न हम्रा चाना ।।
यसोइ हो की स्थीरता – सर्कार फेरी रन्या।
चिल्ला भाषण् मात्रै सुनि – जन्ता हेरी रन्या ।।
कानुन् पनि छैन दैश्मा – जन्ता निसाफ् हुन्या।
अन्याय मा पेल्ल्या जन्ता – कति सम्झी रुन्या ।।
के नया पुराना भन्नो – जोगि त जोगि हुन्।
जन्ता पनि पट् मुर्ख हुन् – बिसर्न्या रोगी हुन्।।
एक् छाकमी बेच्च्या जन्ता – खालि कराउने हुन्।
दुइ दिन आन्दोलन गरी – पछि हराउने हुन्।।
उसाइ जन्ता उसाइ नेता – जोडी खुब् मिलेइ छ।
भलो सोच्ने एक दुइ हुन्ना – वाँ मुटु हिलेइ छ।।
❤️🙏🏻🙏🏻❤️
मान बहादुर बिष्ट
पर्शुराम नगरपालिका १० लामिजाला डडेलधुरा नेपाल
हाल बेंगलोर भारत।।





























