गणेश रानालाई विष सेवन गर्न लगाएर धनगढीका मेयरलाई गलाउने जग्गा दलालहरूको काइते योजना

Image
Nisarga Hospital

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको काममा अफ्ट्यारो पार्ने अनेक प्रयास मञ्चन भइरहेका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा २०७९ को स्थानीय तहको निर्वाचनमा सम्पूर्ण प्रतिस्पर्धीभन्दा दोब्बर मत लिएर निर्वाचित भएका हमालले काम गर्न नदिन उनको बिरोधमा विभिन्न व्यक्ति र समूहबाट षड्यन्त्र हुन थालेको छ।
गत मंसिरमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि २०८० पारित गरेको थियो। कार्यविधिमा नयाँ प्लटिङ्गमा १०मिटर चौडा सडक हुनुपर्ने र प्लटिङ जग्गाको ५ प्रतिशत जमिन सार्वजनिक प्रयोगका लागि राख्नुपर्ने प्रावधान राखिएको छ। कार्यविधि राजपत्रमा प्रकाशित हुना साथ उक्त प्रावधानको बिरोधमा धनगढीका जग्गा कारोबारी अन्दोलित भएका थिए ।

CP Hospital Dhangadhi

धनगढीका जग्गा कारोबारीले गत माघ १० मा उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। धनगढीका जग्गा कारोबारी उमेश गिरिले उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
जग्गा कारोबारीले धनगढी उपमहानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित चार जनालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरिएको छ।
कार्यविधि विरुद्ध सर्वोच्च अदालतबाट स्टेअर्डर पाउने आशाका साथ मुद्दा दर्ता गरेका जग्गा कारोबारीले स्टेअर्डर नपाएपछि रन्थनिएर मेयर विरुद्ध विभिन्न कदम चालेको देखिन्छ।

हाल विष सेवन गरेर सेती प्रादेशिक अस्पतालमा उपचाररत गणेश रानाले गत शुक्रवार राति ९ बजेर ३४ मिनेटमा मेयर हमाललाई ह्वाटसपमा धम्कीपूर्ण सन्देश पठाएका थिए।शुक्रबार राति धम्कीपूर्ण म्यासेज आउनु केही दिन अगाडि एक जना सर्वसाधारणले सचेत भएर हिड्न सुझाव दिएका थिए। उक्त सुझावलाई सामान्य रुपमा लिएका मेयर हमालले शुक्रबार राति जग्गा कारोबारी रानाले धम्की दिएपछि असुरक्षा महसुस गर्दै सोमबार प्रहरीमा जाहेरी दिएका थिए।
आईतबार बिहान राना सहितको जग्गा कारोबारीको टोलीले उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका थिए। उक्त तालाबन्दीमा राना मुख्य हर्ताकर्ताको रुपमा रहेको भिडियो फुटेजमा देख्न सकिन्छ।

सर्वोच्च अदालतबाट राहत पाउने आशामा रहेका जग्गा कारोबारीले स्टेअर्डर नपाएर हैरान भएको बेला गत शुक्रवार नै सर्वोच्चले मुद्दाको पेसी ०८१ को भदौ २३ गतेको लागि सारेपछि उनीहरू थप आक्रोशित भएको बुझिएको छ।
पेसी भदौमा सरेको झोकमा जग्गा कारोबारीको समूहले आइतवार धनगढी उपमहानगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी गरेको हुन् भने मङ्गलवार रानालाई नगरकार्यपालिका भवनमा पुगेर विष सेवन गर्न लगाइएको छ। मेयर हमाललाई तर्साएर साइजमा ल्याउने प्रपञ्च रचिरहेका जग्गा कारोबारीले रानालाई विष सेवन गर्न प्रेरित गरेको सहजै अनुमान गर्न सकिन्छ।