धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा दुई जना घाईते

Image
Nisarga Hospital

अत्तरिया : धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ। अत्तरियादेखि धनगढी आउदै गरेको बागमती प्रदेश ०१०२९ च १७८३ नम्बरको कारलाई पछाडीबाट सुदूरपश्चिम प्रदेश ०१००७ प ९८२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा ६ लेन सडकको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

CP Hospital Dhangadhi


घाईते हुनेमा मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय विक्रम राना र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय दिपेन्द्र राना रहेको प्रहरीले जनाएको छ।

घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। मोटरसाईकलको अगाटि र कारको पछाडीको भागमा क्षति पुगेको छ । कार र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धि थप अनुसन्धान गरिरहेको जनाएको छ।