संघिय सरकारको क्रियाकलाप प्रति नेपाल नगरपालिका सँघ /गाउँपालिका सँघ रुष्ट

Image
Nisarga Hospital

अत्तरियाः संघिय सरकारको क्रियाकलाप प्रति नेपाल नगरपालिका संघ / गाउँपालिका सँघ रुष्ट भई काठमाण्डौंमा आन्दोलन रहेका प्रतिनिधिहरु शीर्ष नेताहरुसँग छलफल पश्चात आज आन्दोलन स्थतगित गरेका छन ।

CP Hospital Dhangadhi

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले रोकिएको समानीकरण अनुदान रकम तत्काल निकासा गर्नका लागि घोषणा गरेको दबाबमूलक आन्दोलन स्थगित गरेको छ । जेठ ७ गते बसेको दुई संघको संयुक्त बैठकले आफ्नो माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको जानकारी सुदूरपश्चिम प्रदेश नेपाल नगरपालिका संघका संयोजक एव्  गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

nawajiwan

सरकार र राजनीतिक दलहरूबाट व्यक्त प्रतिबद्धताबाट रोकिएको समानीकरण अनुदान निकासा गर्ने विषयमा जेठ १५ गते को बार्षिक बजेटमा समाबेश हुने विश्वास पाएको र बजेटमा समाबेश नभएको खण्डमा जेठ १७ गतेबाट गरिने भनिएको काठमाडौँ सिंहदरवार घेराउको कार्यक्रमका लागि केन्द्रित दबाबमूलक कार्यक्रम हाललाई स्थगित गरिएको र सुदूरपश्चिमका ८८ ओटा पालिकामा बजेटमा २६ % कटौती भएको प्रति हाम्रो आन्दोलन जारी रहेको सुदूरपश्चिम नगर संयोजक भट्टले बताए ।

संयुक्त बैठकको निर्णया अनुसार दुबै संघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकलाई भेट गरेको थिए । त्यसैगरी नेकपा एमालेका संसदीय दलका उपनेता एवं उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेसमक्ष भेट गरी समानीकरण अनुदान तत्काल निकासाका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको थियो ।

Attariya Hospital

मंगलबार नै आन्दोलनमा रहेका संघका पदाधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री, उपप्रधान एवं परराष्ट्र मन्त्री, अर्थमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमक्ष सामूहिक रूपमा भेट गरी संघ/महासंघको माग र आगामी अभियानबारे अवगत गराएका थिए ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले समानीकरण अनुदान संवैधानिक दायित्व भित्र पर्ने भएकोले यो रकम पठाउने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका थिए । आगामी आर्थिक बर्ष को बजेट प्रस्तुत (जेठ १५) अगावै यस सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले पनि समानीकरण अनुदान पठाउने विषयमा तयारी भइरहेको र जसरी पनि यो शीर्षकको रकम निकासा गरिने प्रतिबद्धता व्यक्त गरेको सुदूरपश्चिम नगर संयोजक एब् गोदावरी नगर प्रमुखको ठूलो प्रयास पश्चात सबै पालिकाका प्रमुखहरु आन्दोलनमा उत्रिएका थिए , आफूहरुले गरेको आन्दोलन फलदायी हुने विश्वास गरेको भट्टले बताएका छन ।

चालु आ.व. २०८०/८१ मा संघीय सरकारबाट स्थानीय सरकारमा हस्तान्तरण हुने समानीकरण अनुदान मध्ये निकासा रोकिएको २५.८९ प्रतिशत अर्थात् २४ अर्ब ४८ करोड रकम निकासा प्रबन्धको लागि संघ/महासंघको तर्फबाट पटक पटक पहलकदमी गर्दा पनि आर्थिक वर्षको अन्तसम्म आइपुग्दा समेत उक्त रकम निकासा नभएको सुदूरपश्चिम नगर संयोजक भट्टले बताएका छन ।